काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छन्। उनी राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक रहेकी छन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति निकालेर न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको जानकारी दिएकी छन् ।
आजै बिहान उक्त मन्त्रालयबाट राजकुमार गुप्ताले राजीनामा दिएका थिए।


