काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेको खुलासा गरेकी छिन् ।
नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी उनले आइतबार पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी ओलीसँग भएको भेटपछि सञ्चारकर्मीहरुलाई यस्तो बताएकी हुन् ।
‘त्यो त पुरानै कुरा भयो, पार्टी सदस्यता नवीकरण भइसक्यो,’, उनले भनिन् ।
शनिबार सम्पन्न पोलिटब्युरो बैठकमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको पार्टी सदस्यता नवीकरण ‘पेन्डिङ’ अवस्थामै रहेको बताएका थिए ।


