काठमाडौं । पार्टीले सक्रिय राजनीतिमा आउन बन्देज लगाएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएकी छन् ।
उनले आज दिउँसो ३ बजे कार्की ब्यांक्वेट बबरमहलमा समसामयिक विषयमा पत्रकार सम्मेलन गर्न लागेकी हुन् ।
आफू सक्रिय राजनीतिमा आइसकेको भन्दै भण्डारीले अब खुट्टा नकमाउने बताइसकेकी छन् । पार्टीभित्रै पनि उनलाई राजनीतिमा आउन रोक्न नहुने भन्दै केही नेताहरुले उनको पक्षमा धारणा राखेका थिए । यसकारण पनि उनको आजको पत्रकार सम्मेलनलाई निकै चासोका साथ हेरिएको छ ।


