काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अंकले घटे पनि कारोबार भने २१ अर्बभन्दा बढी भएको छ ।
आजको कारोबारमा १०५ कम्पनीको शेयरमूल्य बढ्दा १४४ वटाको घटेको छ । आज दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा उन्नति सहकारी लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, ट्रेड टावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले पनि सर्वाधिक कमाएका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ ।


