काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले राजीनामा नदिने प्रष्ट पारेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका उनले शनिबार काठमाडौंमा सञ्चारकर्मीसँगको कुराकानीमा गर्ने क्रममा यस्तो प्रष्टीकरण दिएका हुन् ।
‘यो पार्टीबाट भाग्ने, राजीनामा दिएर हिँड्ने त म कल्पना नै गर्दिनँ । मलाई कसैले राजीनामा दे भन्दैमा म खुरुक्क राजीनामा दिएर हिँड्दिनँ ।’
हिजोमात्रै पार्टी अध्यक्ष माधव कुमार नेपालले एउटा अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिलाई लिएर पार्टीबाट बिदा हुन सुझाव दिएका थिए ।


