काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता दिने कानून नआउने प्रस्ट पारेका छन् ।
मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आइतबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान र कानून कार्यान्वयनका लागि सबै निकायको सन्तुलित र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको भूमिका हुनुपर्नेमा जोड दिए ।
‘त्यसकारण लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानून आउँदैन । जनतालाई कसरी छिटो र सही न्याय दिने भन्नेमा हामी सबैको प्रयास हुनुपर्छ । सरकारका तर्फबाट यसमा पूराका पूरा साथ रहन्छ’, प्रधानमन्त्री ओलीले भने ।


