काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले संविधान संशोधनको वातावरण बनिनसकेको बताएका छन् र
उनले सोमबार कैलालीको अत्तरियामा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
पोखरेलले भने, ‘संविधान संशोधनको विषयमा सरकारमा नरहेका दलहरू सरकारले अघि सारेका मुद्दामा छलफल गर्न सकारात्मक भइनसकेको अवस्था एकातिर छभने अर्कोतिर राष्ट्रियसभामा सत्तापक्षीय दलको बहुमत सुनिश्चितता भइनसकेकाले उपयुक्त वातावरण बनाएर संविधान संशोधन अघि बढ्नेछ ।’
उनले भने, ‘हामी अस्थिरता अन्त्य गर्छौँ ।’ उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिअनुसार सरकार अघि बढेको बताए।


