काठमाडौं । आज भाद्रकृष्ण औँसी अर्थात् कुशे औँसी मनाइँदैछ । आज आफ्ना दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्ने परम्परा रहेको छ । यस अवसरमा आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ ।
भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो


