काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्।
मिस्री केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ देखि असोज १ गतेसम्म हुन लागेको भारत भ्रमणको तयारी र औपचारिक निमन्त्रणा लिएर उनी काठमाडौं आइपुगेको बताइएको छ । भारतीय विदेश सचिव मिश्रीले आजै प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यसपछि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भारतीय विदेश सचिव मिश्रीले आइतबार नै परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम छ ।


