काठमाडौं । नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा गृह मन्त्रालय अब्बल भएको छ ।
०८१ असार ३१ गते गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका रमेश लेखकले कार्यसम्पादनमा आफूलाई अब्बल सावित गर्दै ८८ प्रतिशत प्रगति हासिल गरेको हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयले सार्वजनिक गरेको ‘नीति तथा प्रमुख कार्यहरुको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८१र ०८२ अनुसार गत आवका लागि निर्धारण गरिएकामध्ये ८८ प्रतिशत माइलस्टोन सम्पन्न गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले शासकीय सुधारतर्फ १०६ माइलस्टोनमध्ये ९३ वटा सम्पन्न हुनुका साथै १३ वटा चालू आर्थिक वर्षमा जारी रहेको बताएको छ ।


