काठमाडौं । पार्टी एकताको चर्चा चलिरहेकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न आज बिहान हरिसिद्धि पुगेका छन् ।
महासचिव चन्दले प्रचण्डलाई फूल दिएर घरमा स्वागत गरेका थिए । दुई नेताबिच पार्टी एकताको विषयमा छलफल हुने बताइएको छ ।
नेकपाले भने भदौ २२ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले एकताबारे निर्णय गर्ने तयारी गरेको छ । त्यस्तै, आजको भेटमा पछिल्लो राजनीतिक गतिरोधबारे पनि छलफल हुनेछ ।


