काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
हाल सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री आर्जु राणा देउवा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा दीपक खड्का रहेका छन्।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गदैछन् ।


