काठमाडौं । गत भदौ २४ गते जेनजी आन्दोलनमा जलेर सख्त घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारलाई थप उपचारको लागि भारतको नयाँ दिल्ली लगिएको छ।
स्वास्थ्यमा पूर्ण सुधार नभएपछि चित्रकारलाई थप उपचारको लागि सोमबार राति नौबजे भारत लगिएको हो । पत्नीको उपचारको लागि नेता खनाल आफैँ भारत गएका छन्। चित्रकारको अपोलो अस्पतालमा थप उपचार हुनेछ।


