काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पारेका छन् । उनले बुधबार जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूप्रति नेकपा ले श्रद्धाञ्जली अर्पण कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउँदै जिल्लादेखि केन्द्रसम्म युवालाई आरक्षण प्रदान गर्ने नेकपा एमाले मात्र रहेको पनि जानकारी दिए ।
त्यसैगरी, पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले राजनीतिक दलहरूबीच अन्तरक्रियाभन्दा पनि सहकार्य आवश्यक रहेको बताए ।


