काठमाडौं । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानेर त्यहाँका एसएसपी रमेश थापालाई सरुवा गरेको छ ।
जेनजी प्रदर्शनमा भदौ २३ मा काठमाडौँको नयाँ बानेश्वरमा अधिक बल प्रयोग भएको भनेर आलोचना भइरहेको छ ।
अधिकारी २०८१ माघ १५ मा काठमाडौं आएका थिए । रमेश थापा प्रहरी भित्र व्यवसायिक अधिकृतको रुपमा चिनिन्छन् । उनले एसपी हुँदा कास्की र उदयपुरको कमाण्ड गरेका थिए ।


