काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनीलाई ताकीताकी गोली हान्न आदेश नदिएकोसमेत प्रष्टीकरण दिएका छन्।
उनले जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमार्फत यस्तो प्रष्ट पारेका हुन् ।
ओलीले भनेका छन्, ‘गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।’


