काठमाडौं । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव संगिता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिश्रासहितले स्वास्थ्य उपकरणमा घोटाला गरेको ठहर गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनी स्वास्थ्य सचिवको आकांक्षी समेत थिइन् । सरकारले उनको साटो डा। विकास देवकोटालाई सचिव बनाएपछि उनी बिदामा बसेकी थिइन्
आयोगले मिश्रासहित १५ जनालाई १४ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।


