काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकास भएको मोन्था चक्रवातका कारण कोसी, मधेस र बागमतीका गरी २६ जिल्ला प्रभावित हुन सक्ने भएको हुँदा सतर्कता अपनाउन पनि अपिल गरेको छ।
कोसीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी प्रभावित हुने देखिएको छ। मधेसका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी प्रभावित हुने देखिएको छ। बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली प्रभावित हुनेछन्।
त्यसो त मोन्था चक्रवातका कारण कोसी र बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको प्राधिकरणले जनाएको छ।


