काठमाडौं । निरन्तर वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध हुन थालेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले विभागीय प्रमुखहरूको बैठक बोलाएका छन्। बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।
सो बैठकमा सडक सुरक्षा र सम्भावित विपदबाट जनधनको क्षति न्यूनीकरण गर्ने तयारीबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइने मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।
सरकारले यसको सामना गर्न जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने, पहिरो जाने स्थान नजिक पहिरो हटाउने मेसिन उपकरणहरु तयारी अवस्थामा राख्ने, अत्यावश्यक काममा बाहेक यात्रामा रोक लगाउने लगायतका निर्णय गरेको छ


