काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुलमानको पार्टीप्रति लक्षित गर्दै फ्युज गएको चिमजस्तो भनेर कडा टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले आज पार्टीको वन तथा वातावरण विभागको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो टिप्पणी गरेका हुन् ।
उनले ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा खुलेको उज्यालो नेपाल पार्टीप्रति सङ्केत गर्दै उनले भने, ‘हिपोक्रेसीको कस्तो जमाना छ ओहो उज्यालो नेपाल, सिम्बोल पनि चिम राख्ने । फ्युज गएको चिम । कति साह्रो नेपाली जनतालाई रु यस्ता यस्ताबाट हामी गुज्रिरहेका छौँ। यस परिस्थितिलाई करेक्सन गर्नुपर्छ।’
उनले अहिलेको सरकार देशको स्वार्थलाई मासेर अराजकता, वितण्डा, आगजनीबाट बनेको टिप्पणी गरे। देशलाई सही ट्र्याकमा फर्काउनको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको दोहोर्याए।


