काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको अभिभावकीय भूमिका निर्वाह गर्ननै लागि आफूले उम्मेदवारी फिर्ता लिएको जिकिर गरेका छन् ।
गोरखा २ मा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दै सबैको आग्रह बमोजिम बाहिर रहेर नै दलहरूलाई सघाउने बताए।
उनले भनेका छन्, ‘भोलि आवश्यक पर्दा देशकै विभिन्न रूपको अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ भन्ने ठानेर मैले आज मैले जुन मनोनयन पत्र दर्ता गरेको थिएँ, त्यसलाई फिर्ता लिने मैले निर्णय गरेको छु । आगामी दिनमा म देशले चाहेको राजनीतिक दल, अग्रगामी सोच राख्ने दल, समूह, व्यक्तिहरूले चाहेका अनुसार नै म उहाँहरूलाई सहयोग गर्न, यो देशको निम्ति, समाजको निम्ति निरन्तर लागिरहन म आफ्नो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’


