काठमाडौं । नेपाली कांग्रेसको नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिएकी छिन्
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्।
‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु।’ उनले भनेकी छिन्।


