काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि माघ ३ गतेबाट आचारसंहिता लागू गर्ने जानकारी गराएको छ । आज आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलका क्रममा यस्तो अवगत गराएको हो ।
भेटका अवसरमा अर्थमन्त्री रामेश्वर खनाल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिकुमार सिन्हा, मुख्यसचिवलगायत सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


