काठमाडौं । आज राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक बस्दैछन् । आज बैठक बस्ने तय भएकाहरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समिति रहेका छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान सवा १० बजे सिंहदरबारमा बस्नेछ ।
यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ को बारेमा छलफल हुनेछ ।


