काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा कांग्रेस र एमालेसँग मिलेर समीकरण नबनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । उनले आज म्याग्दीमा पार्टीको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘तपाईँहरू पनि यहाँ खुसी नै भएको देखेँ मैले। केमा खुसीरु भने पार्टीले अहिले कांग्रेससँग र एमालेसँग समीकरण गरेन, आफ्नै खुट्टामा एक्लै चुनाव लड्ने भनेर आँट गर्यो भन्नेमा। समाजिक सञ्जालमा मिल्न लाग्यो रे भन्ने आउँछ, तपाईँहरू झसङ्ग हुनुहुन्छ होला हैन नेतृत्वले फेरि खुट्टा छोड्छ कि क्या हो ? भनेर ’ म दृढताका साथ भन्न चाहन्छु हामी कसैसँग पनि यो पटक समीकरण गर्ने वाला छैनौँ, गर्दैनौँ।’
उनले ढुक्कसँग निर्वाचन अभियानमा अगाडि बढ्न आग्रह गरे।


