काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा साम्पाङले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको बताए। ‘यो देशलाई माया गर्दा दुनियाँ भरका मान्छेले गाली गर्दोरहेछ। संसारमा अहिले सबैभन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हुँ,’ साम्पाङले भने, ‘मैले किन गाली खाइराख्नु परिरहेछ त भन्दाखेरि यो देशलाई बिछट्टै माया गर्छु। यो देशलाई सम्झेर थुप्रो चोटी रोएको छु, थुप्रो चोटी हाँसेको पनि छु।’
आफूले धरानको मेयर हुँदा दैनिक करिब एक हजार गाली पाउने गरेको स्मरण गर्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको उनले सुनाए।
दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको उनले बताए। विवादबीच पनि दार्चुलामा पुल निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने उनले बताए।


