काठमाडौं । गृहमन्त्री सुधन गुरुङले र हिन्दूवादी सङ्गठनका प्रतिनिधिबीच १३ बुँदे सहमति भएको छ ।
हिन्दु राष्ट्र कायम गर्न तीन महिनाभित्र सर्वदलीय बैठकमार्फत प्रक्रिया अगाडि बढाउने सम्झौता भएको छ। आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले आजैदेखि आन्दोलन स्थगित गर्ने सम्झौता गरेको छ।
सहमतिअनुसार नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढाउने, धार्मिकस्थलमा हतियार प्रदर्शन तथा उत्तेजक गतिविधि नियन्त्रण गर्न, मठमन्दिर, मस्जिद, गुम्बा र चर्चलगायतका धार्मिकस्थलमा जडान गरिएका लाउडस्पिकर तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई व्यवस्थित गरिने, आवश्यक धार्मिक गतिविधिमा सीमित ध्वनि प्रयोगको व्यवस्था मिलाइने सहमति भएको छ ।



