काठमाडौं । चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परी बेपत्ता भएका पुर्जाको निधन भएको पुष्टि भएको हो ।
एलिट एक्सपेडले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् पुर्जाको निधन भएको जानकारी दिएको हो ।
पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार ९१४ साउन० मध्याह्नतिर हिमपहिरो गएको थियो । उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए ।


