काठमाडौँ । । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सल्लाहकार थपेका छन् । मन्त्री श्रेष्ठले बिहीबार तीनजना नयाँ सल्लाहकार नियुक्त गरेका हुन् ।
मन्त्री श्रेष्ठले बिहीबार आशुतोष तिवारीलाई योजना तथा लगानी, रमेश पौडेललाई नीति र गणेश कार्कीलाई निजी क्षेत्रसम्बन्धी सल्लाहकारको जिम्मेवारी दिएका हुन्। यसअघि विवेक राज कँडेललाई ऊर्जा सल्लाहकार नियुक्त गरिएको थियो।


