काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा दुग्ध व्यवसाय प्रवर्धनका लागि वितरण गरिएको सरकारी अनुदानमा अनियमितता भएको भन्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले विहीबार आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडका नाममा चिस्यान केन्द्र निर्माण र गाडी खरिदका लागि सरकारबाट प्राप्त अनुदानको दुरुपयोग गरी कुल १ करोड ७१ लाख ४० हजार ९२४ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मेयर केसीको हकमा भने ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गरी सजायको माग दाबी गरिएको छ।
अख्तियारले मेयर रवि केसीसँगै आठबीसकोट नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मणिराज शाह, पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्णसिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत ज्ञानकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन र कृषि विकास कार्यालयका कृषि अधिकृत मीन बहादुर केसीलाई विपक्षी बनाएको छ।


