काठमाडौं । सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार क्षेत्रमा गएराति सुक्खा पहिरो गएको छ। भोटेकोशी गाउँपालिका–३ मा पर्ने भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा पहिरो जाँदा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ।
पहिरोबाट मानवीय क्षति नभए पनि केही भौतिक क्षति भएको तातोपानीस्थति बीओपीले जानकारी दिएको छ।
यस्तै, सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा प्वाल परेको, हिमाली ज्याकेटमा ढुङ्गा लागेर प्वाल परेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको, जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको तथा मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा समेत क्षति पुगेको छ।





