काठमाडों । भदौ १० मा रसुवाको भोटेकोसी बाढीमा परी मृत्यु भएकाको संख्या १ हजार ३ सय ४१ पुगेको छ।
नेपाल प्रहरीले आज भदौ २१ गते बिहान ७:४० बजेसम्म बाढीमा बेपत्तामध्ये १ हजार ३ सय ४१ जनाको मृत्यु पुष्टि भएको जानकारी दिएको हो।
प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि ७ हजार ९ सय १२ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ। उद्धार कार्यका क्रममा बाढीबाट ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका छन् भने २५ जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।


