काठमाडौंँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी–त्रिशूली बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आईजीपी दानबहादुर कार्कीको अध्यक्षतामा बसेको प्रहरीको नीति निर्माण समितिको बैठकले बाढीमा ज्यान गुमाएका प्रहरीका प्रतिपरिवार १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो।
यो रकम प्रहरी कर्मचारीहरूबाट संकलन गरिएको राहत कोषबाट प्रदान गरिनेछ ।
प्रहरी महानिरीक्षक कार्कीको अध्यक्षतामा बसेको बैठकले दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गर्ने निर्णयसमेत गरेको छ । साथै, प्रभावित परिवारका एक जना इच्छुक सदस्यलाई सीपमूलक तालिम र रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ ।


