काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेकाहरुलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गरेको छ ।
आज बसेको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले कार्कीलाई समर्थन गरेका ८ सदस्यलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको हो ।
बैठकले पार्टीलाई एकताबद्ध बनाउनका लाथि कोशी संसदीय दललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
पार्टीले मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्र आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कार्कीले पार्टीका ८ र नेकपा एमालेका सांसदको समर्थनमा दाबी पेश गरेका छन् ।


