काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउन आत्मविश्वास चाहिने बताएका छन् ।
सबैको सकारात्मक प्रयासबाट मात्र देश बन्ने ओलीले बताएका छन्।
‘निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन, हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ’, ओलीले बुधबार भनेका छन्।
व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुने उनले प्रष्ट पारे। ‘हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ’, ओलीले भनेका छन्।


