काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज तेस्रोपटक विश्वासको मत लिँदैछन्। उनले आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिन लागेका हुन् ।
नयाँ गठबन्धनको समर्थन प्राप्त गरेका प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्। गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् ।


