काठमाडौं । संसदीय छानबिन समितिको विषयलाई लिएर सत्तापक्षसँग धक्कामुक्की नै भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय संसदीय दलको बैठक ९ बजे बस्दैछ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदबीच धक्कामुक्की भएपछि संसद बैठक स्थगित भएको थियो। सभाभुख देवराज घिमिरेलले आज बिहान ११ बजे बस्नेगरी संसद्को बैठक बोलाएका छन्।
संसद् बैठकअघि नै आफ्नो संसदीय दलको बैठक बसेर कांग्रेसले आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न लागेको हो।


