काठमाडौं । आज बसेको विपक्षी दलको बैठकले संसदमा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेका छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार छानबिन समितिको टीओआर नबनेसम्म आफूहरुले अन्य कारबाही अघि बढ्न नदिने निर्णय भएको छ ।“माननीय रवि लामिछानेले धेरै समय माग्नुभएको छ । उहाँलाई समय दिँदा हामी त्यसमा उहाँलाई सुन्न तयार छौँ,” उनले भने, “समिति नबनेसम्म हामी हाम्रो मागमा अडिग छौँ ।”
उनले टीओआर नबन्दै बोल्न चाहे दिने तर समितिले पूर्णता नपाएसम्म संसद्का अन्य कारबाही अघि नबढ्ने बताए ।


