काठमाडौं । नेपाली कांग्रेसले आज पनि सदन चल्न नदिने बताएको छ । उसले सहकारी ठगीमा संलग्न उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने मुख्य सचेतक रमेश लेखकले बताए ।
लेखकले संसद्मा गृहमन्त्री लामिछानेले बोलेको विषय असत्य, कपोलकल्पित र भ्रामक भएको बताए। उनी आफूमाथि लागेको अभियोगबाट भाग्ने प्रयास गरेको कांग्रेसको ठहर छ। लेखकले भने, ‘लामिछानेका अभिव्यक्ति भ्रामक रहेका छन्। अरुलाई कथाकथित आरोप लगाएर आफू भाग्ने प्रयास गर्नुभयो।’
सहकारीको रकम ठगीमा लामिछाने लागेको प्रस्ट देखिएको उनको दाबी छ।


