काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार सबै भौगोलिक क्षेत्र, वर्ग समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
मन्त्री पुनले सोमबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका पश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
जवाफ दिँदै मन्त्री पुनले भने, ‘तर नेपाल सरकारले कुनै दल वा नेता वा मन्त्रीको निर्वाचन क्षेत्रका लागि मात्रै बढी बजेट छुट्याइएको भन्ने सत्य होइन र सरकारको प्राथमिकता सन्तुलित एवं समानुपातिक विकास गर्न प्रतिबद्ध रहेको कुरा सम्मानित संसद् समक्ष जानकारी गराउन चाहन्छु ।’ सबै क्षेत्रको सन्तुलित विकासमा सरकार प्रतिबद्ध रहेको उनले बताए ।


