काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको सांगठनिक गतिबिधिबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । उसले मंसिर २६ र २७ गते बैठक बोलाएको हो ।
उक्त बैठकमा मुख्यगरी सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने कार्यालय सचिव रामकुमार भट्टराईले बताए ।
गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसंगठन इन्चार्ज तोकेको छैन ।


