काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो।
उनको निधनमा महानगरपालिकाले सोमबार बिहान विज्ञप्ति जारी गरी महानगर क्षेत्रमा आज शोक बिदा दिएको हो ।
‘काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्नुहुने पूर्वप्रमुख पीएल सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएकोमा काठमाडौँ महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रमुखका रूपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिन्छ।’


