काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्ने बताएका छन् । ।
उनले मंगलबार ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।
अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि बताए । उनले मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जनाए ।


