काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन नढल्ने स्पष्ट पारेका छन् ।
उनले बुधबार नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७ औँ स्थापना दिवसका आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।
मुलुकमा अस्थिरता चाहनेले सरकार ढल्ने कल्पना गरेको भन्दै कसैले चाहेर वर्तमान सरकार नढल्ने पनि उनले जिकिर गरे । माओवादी र रास्वपातिर लक्षित गर्दै ओली आयु सकिएपछि कमिलाको पनि पखेंटा पलाउने बताए ।


