काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडियाको स्टन्टबाट राजनीतिमा उदाएकाहरु विस्थापित हुने बाटोमा अग्रसर रहेको टिप्पणी गरेका छन्। उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालको प्रपोगण्डाबाट उदायकाहरु त्यसकै चरम दुरुपयोगबाटै विस्थापित हुने बाटोमा अग्रसर भएको देखिएको उनको बुझाइ छ।
‘सोसल मिडियाको स्टन्ट र प्रपोगण्डावाट राजनीतिमा उदायकाहरु त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन्’ उनले भनेका छन्, ‘अति सर्वत्र वर्जयेत्।’


