काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।
दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्चमा हाजिर गराइएको थियो ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध भ्रम फैलाएको मुद्दामा अदालतबाट धरौटीमा रिहा गर्न आदेश दिएपनि उनलाई प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा पुन:पक्राउ गरेको थियो ।


