काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका नेपाली कांग्रेसका मन्त्रीहरू बुढालिनकण्ठ पुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले उनीहरुसँग छलफल गर्न आफ्नै निवासमा बोलाएका हुन् ।
मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न देउवाले कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठक बोलाएका हुन् ।
ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसबाट आठ मन्त्री छन् ।


