काठमाडौं । नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्ती चलेको बताएका छन् ।
उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटनका लागि सुर्खेत आइपुगेका प्रचण्डले सरकारप्रति आफूले पहिला नै अनुमान गरेको कुरा नै लागू भएको बताए ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले पछिल्ला दिन कांग्रेस–एमाले नेतृत्वको सरकार लामो समय नचल्ने बताउँदै आएका छन् ।


