काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं(तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको खोकना क्षेत्रको समस्या समाधानको प्रस्ताव ल्याउन निर्देशन दिएका छन् । ।
उनले आज फास्ट ट्र्याकबारे ब्रिफिङ लिएपछि यस्तो निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा। युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।
छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु विन्दू खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखि रहेको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो ।


