काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरू हुने भएको छ। लामिछानेविरुद्धको मुद्दामा जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सुरू भएको हो।
अहिले बारा जिल्लाका न्यायाधिवक्ता शम्भु कुमार बस्नेत, पर्सा जिल्लाका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाका न्यायाधिवक्ता दशरथ पंगेनीले क्रमशः बहस गर्ने क्रम जारी छ।
आज जाहेरीवालाको तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी , सुरेन्द्र भण्डारी , राजकुमार श्रेष्ठ, अधिवक्ताहरु सिताराम दवाडी, शम्भु बर्तौला , सुनिता अधिकारी, आरसी गौतम र गोपिलाल देवकोटाले बहस गर्नेछ्न्।


